नेपाल प्रहरीको असई र कार्यालय सहयोगी पदमा दरखास्त आह्वान (सूचनासहित)

शुक्रबार, असोज २, २०८३

काठमाडौं । नेपाल प्रहरीले जनपद प्रहरी समूहतर्फ रिक्त रहेका विभिन्न पदमा खुला प्रतियोगितामार्फत समावेशी प्रावधानअनुसार पदपूर्ति गर्न दरखास्त आह्वान गरेको छ। प्रहरीले तोकिएको योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त माग गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रधान कार्यालयका अनुसार २१६ को संख्यामा प्रहरी सहायक निरीक्षक पदमा आवेदन दिने उम्मेदवारले नेपाल प्रहरीको अनलाइन दरखास्त व्यवस्थापन प्रणाली मार्फत अनलाइन आवेदन दिनुपर्नेछ। उम्मेदवारले नेपाल प्रहरीको वेबसाइट www.nepalpolice.gov.np 'करियर’ अन्तर्गत ‘अनलाइन आवेदन’ बाट वा https://careers.nepalpolice.gov.np बाट आवेदन प्रणालीमार्फत दरखास्त फाराम भर्न प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

त्यस्तै, प्रहरी कार्यालय सहयोगी पदका लागि भने उम्मेदवार स्वयं उपस्थित भई दरखास्त दिनुपर्ने व्यवस्था गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले पदअनुसार आवश्यक शैक्षिक योग्यता, उमेर तथा अन्य निर्धारित मापदण्ड पूरा गरेका उम्मेदवारले तोकिएको प्रक्रियाअनुसार आवेदन दिन सक्ने जनाएको छ।

सूचना-

प्रकाशित मिति: शुक्रबार, असोज २, २०८३  ०७:२६
प्रतिक्रिया दिनुहोस्