सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
बाँके । राप्ती सोनारी गाउँपालिकाले मसला बाली कार्यक्रम सञ्चालनका लागि इच्छुक कृषक, कृषक समूह, सहकारी तथा कृषि फार्मका लागि प्रस्ताव आह्वान गरेको छ।
गाउँपालिकाको कृषि विकास शाखाले आर्थिक वर्ष २०८३-०८४ को वार्षिक स्वीकृत कार्यक्रमअनुसार भदौ ३० गते सूचना जारी गर्दै प्रस्ताव पेश गर्न आह्वान गरेको हो। सूचनाअनुसार इच्छुक कृषक तथा संस्थाले असोज १३ गतेसम्म कृषि विकास शाखामा प्रस्ताव पेश गर्नुपर्ने गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाका अनुसार कार्यक्रममा सहभागी हुन नियमानुसार दर्ता भएका कृषक समूह, सहकारी, फार्म तथा कृषि उद्योगले दर्ता, नवीकरण तथा सूचीकृत प्रमाणपत्रको प्रतिलिपि पेश गर्नुपर्नेछ। त्यस्तै, निवेदन, यसअघि उक्त कार्यक्रम नलिएको प्रतिबद्धता तथा स्वघोषणा र सम्बन्धित वडा कार्यालयको सिफारिसपत्र आवश्यक पर्ने भएको हो।
मसला बाली कार्यक्रमका लागि न्यूनतम ५ बिघा जग्गाको कागजात पेश गर्नुपर्ने र ऐलानी जग्गाको हकमा सम्बन्धित वडा कार्यालयबाट ऐलानी भएको प्रमाणित कागजात पेश गर्नुपर्ने गाउँपालिकाले जनाएको छ।
त्यस्तै, प्रस्तावसँगै करिब ६ लाख रुपैयाँ बराबरको लागत अनुमान समेत पेश गर्नुपर्नेछ। राप्ती सोनारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले निर्धारित मापदण्ड पूरा गरेका इच्छुक कृषक, समूह, सहकारी तथा फार्मलाई तोकिएको समयभित्र प्रस्ताव पेश गर्न आग्रह गरेका छन्।