सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
दाङ । दाङ प्रहरीले जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरेको विशेष अपरेसनका क्रममा ८ नाल अवैध भरुवा बन्दुक बरामद गरेको छ।
विशेष सूचनाका आधारमा आज बिहान ६ बजेदेखि ११ बजेसम्म प्रहरीले जिल्लाका विभिन्न जंगलमा खोजी गर्दा लुकाइछिपाइ राखिएका ८ नाल भरुवा बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।
जिल्ला प्रहरी कार्यालय दाङक अनुसार इलाका प्रहरी कार्यालय भैसाहीबाट खटिएको टोलीले राजपुर गाउँपालिका–७ स्थित भैसाही खोलाको किनार नजिकैको जंगलबाट १ नाल बन्दुक बरामद गरेको हो
यस्तै, इलाका प्रहरी कार्यालय कमिरेचौरको टोलीले बंगलाचुली गाउँपालिका–१ ठूलोभीरस्थित सामुदायिक वनबाट २ नाल, प्रहरी चौकी गोल्टाकुरीको टोलीले दंगीशरण गाउँपालिका–१ बुर्केसालको झाडीबाट २ नाल भरुवा बन्दुक बरामद गरेको दाङ प्रहरीले जनाएको छ।
त्यसैगरी, प्रहरी चौकी चिराघाटको टोलीले शान्तिनगर गाउँपालिका–३ स्थित सिर्जना सामुदायिक वनको माथिल्लो बाटोको नालामा सेतो बोराभित्र लुकाइराखेको अवस्थामा १ नाल तथा अस्थायी प्रहरी पोष्ट रिहारको टोलीले लमही नगरपालिका–९ स्थित आमखोली सामुदायिक वनको झाडीबाट २ नाल भरुवा बन्दुक बरामद गरेको जिल्ला प्रहरी दाङले जनाएको छ।
बन्दुक लुकाएर राख्नेहरुको खोजीकार्य जारी रहेको बताउँदै बरामद बन्दुकबारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।