सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगन्ज । हिन्दू धर्मावलम्बी महिलाहरूले आज देवादिदेव महादेव र माता पार्वतीको पूजा–आराधना गरी हरितालिका तीज मनाउँदैछन्। भाद्र शुक्ल तृतीयाका दिन तीजको व्रत बस्ने धार्मिक परम्परा छ।
विवाहित महिलाले पतिको दीर्घायु, सुख–शान्ति र पारिवारिक समृद्धिको कामना गर्दै तथा अविवाहितले सुयोग्य वरको कामना गर्दै व्रत बस्ने गर्छन्। नेपालगन्जलगायत देशभरका शिव मन्दिरमा आज बिहानैदेखि श्रद्धालुको चहलपहल हुने गरेको छ।
पौराणिक कथाअनुसार पार्वतीले महादेवलाई पति पाउन कठोर तपस्या गरी व्रत बसेकी थिइन्। यही मान्यतासँग जोडेर हरितालिका तीजमा व्रत बस्ने परम्परा सुरु भएको विश्वास गरिन्छ।
तीजका अवसरमा महिलाहरू पूजा–आराधनासँगै भेला भएर नाचगान तथा खुसीयालीसमेत मनाउने गर्छन्। व्रत बस्दा भने आफ्नो स्वास्थ्य अवस्थालाई ध्यान दिनुपर्ने धार्मिक मान्यता छ।