सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौं । जिल्ला प्रहरी कार्यालय बाँकेले उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई नगदसहित पुरस्कृत गरेको छ। भदौ २४ गते निर्णय गर्दै जिल्ला प्रहरी कार्यालय बाँकेले जिल्लाभरका विभिन्न युनिटमा कार्यरत प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गरेको जनाएको छ।
पुरस्कृत गरेकाहरुमा प्रहरी वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) देखि प्रहरी जवान रहेका छन् । पुरस्कृत हुनेहरुमा प्रहरी कार्यालय नेपालगन्जमा कार्यरत वरिष्ठ सई अमर बहादुर रावत,प्रहरी चौकी खडैचाका इन्चार्ज असई कुल बहादुर बिक, इलाका प्रहरी कार्यालय बनकटटी कम्दीका असई प्रेम बहादुर बिक, जिल्ला प्रहरी कार्यालय बाँकेमा कार्यरत रहेका असई शिब राज रेग्मी रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
त्यसैगरि, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी हवल्दार सन्तोष धमला, सहायक हवल्दार सुमन बहादुर बिक, बाल सुधार गृह नौबस्ताका सहायक हवल्दार नरेन्द्र केसी, नेपालगन्ज बसपार्कमा कार्यरत सहायक हवल्दार श्रवन कुमार थारु, जिल्ला प्रहरी कार्यालय बाँकेमा कार्यरत प्रहरी जवान रन्जित अर्याल र जवान सरस्वती बिकलाई उत्कृष्ट कार्य गरेका कारण पुरस्कृत गरिएको जिल्ला प्रहरी बाँकेले जनाएको छ।
उनीहरूलाई बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसीले जनही १ हजार ५ सय रुपैयाँले पुरस्कृत गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।