सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
बाँके। बाँकेको कोहलपुर र बैजनाथबाट प्रहरीले लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार कोहलपुर नगरपालिका-११ स्थित नयाँ बसपार्कको १ नम्बर गेटबाट २ ग्राम २३० मिलिग्राम ब्राउन सुगरसहित बैजनाथ गाउँपालिका-२ का २८ वर्षीय शैलेन्द्र बुढालाई कोहलपुर प्रहरीले पक्राउ गरेको हो। बुढालाई प्रहरी बिट बसपार्कबाट खटिएको टोलीले उक्त परिमाणको ब्राउन सुगरसहित पक्राउ गरेको हो।
त्यसैगरि, बैजनाथ गाउँपलिका-५ सल्यानी टोलबाट ५३० मिलिग्राम ब्राउनसुगरसहित सोही ठाउँ बस्ने २६ वर्षीय शंकर थारूसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट जि गाउँबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
बुधबार दिउँसो र राति पक्राउ परेका तीनै जनालाई लागूऔषध कसुरमा बाँके जिल्ला अदालबाट म्याद लिएर थप इलाका प्रहरी कार्यालय कोहलपुरले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।