नरैनापुरमा ४५ जना अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण

बिहीबार, भदौ २५, २०८३

अरबिन्द यादव/ नरैनापुर। बाँकेको नरैनापुर गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिको परिचयपत्र वितरण तथा स्वास्थ्य परीक्षण गरिएको छ।

वल्र्ड भिजन र एसडिएफको सहयोगमा नरैनापुर गाउँपालिका–१, २ र ३ का सर्वसाधारणलाई लक्षित गरी शिविर सञ्चालन गरिएको हो ।

अपाङ्गता भएका व्यक्तिलाई गाउँमै परिचयपत्र उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको शिविरमा ४५ जनालाई परिचयपत्र प्रदान गरिएको वल्र्ड भिजनका कार्यक्रम संयोजक विर्जेन्द्र यादवले जानकारी दिए ।

‘वडा कार्यालय र पालिकामा गएर परिचयपत्र बनाउन नसक्नेलाई गाउँमै उपलब्ध गराउन शिविर सञ्चालन गरिएको हो,’ उनले भने ।

शिविरमा अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य परीक्षणसमेत गरिएको थियो ।

प्रकाशित मिति: बिहीबार, भदौ २५, २०८३  ०८:४१
प्रतिक्रिया दिनुहोस्