दुई जना नेपालगन्जबाट ४६ ग्राम बढी खैरो हेरोइनसहित लागूऔषध नियन्त्रण ब्यूरोको नियन्त्रणमा

मंगलबार, भदौ २३, २०८३

बाँके ।  नेपालगन्जबाट ठूलो परिमाणमा खैरो हेरोइनसहित दुई कारोबारीलाई लागूऔषध नियन्त्रण ब्यूरोले पक्राउ गरेको छ।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगन्जबाट खटिएको टोलीले लागूऔषधको खरिद–बिक्री भइरहेको सूचनाका आधारमा उनीहरूलाई नेपालगन्ज–१६ बाट मंगलबार साँझ ६ बजे ४६ ग्राम ६ सय मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरेको हो।

ब्यूरो इन्चार्ज असई नवीनकुमार शाहीको कमान्डमा खटिएको टोलीले नेपालगन्ज–१६ का २१ वर्षीय मेहेरमान खान र सोही स्थानका १८ वर्षीय इसाज साईलाई उक्त परिमाणको खैरो हेरोइनसहित पक्राउ गरेको लागूऔषध नियन्त्रण ब्यूरो कार्यालय कोटेश्वरले जनाएको छ। उनीहरूको साथबाट दुई थान मोबाइल पनि बरामद गरिएको लागूऔषध नियन्त्रण ब्यूरोले जनाएको छ।

लागूऔषध नियन्त्रण ब्यूरोका अनुसार पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाइएको छ। पक्राउ परेका दुई जनाविरुद्ध लागूऔषध कसुरमा थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

प्रकाशित मिति: मंगलबार, भदौ २३, २०८३  २१:३९
प्रतिक्रिया दिनुहोस्