सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौँ । मलेसियामा जारी एसीसी प्रिमियर कप २०२६ को समूह चरणको अन्तिम आज भएको खेलमा नेपाल हङकङसँग पराजित भएको छ । नेपाल १५ रनले पराजित भएको हो । जितका लागि नेपालले २६२ रनको चुनौती पाएकामा ४९ ओभर १ बलमा अलआउट हुँदै २४६ रनमात्र बनाउन सक्यो ।
डा इशान पाण्डेले १०६ बलमा ९० रन बनाए पनि टिमलाई जिताउन सकेनन् । आसिफ शेखले ५० बलमा ४४ रन जोडे । खेलमा टस जितेर पहिले ब्याटिङ गरेको हङकङले ७ विकेटको क्षतिमा २६१ बनायो ।
आठौँ विकेटका लागि अविजित १२८ रनको साझेदारी गर्ने क्रममा बाबर हायतले १२६ बलमा अविजित रहँदै ११७ रन बनाए । त्यस्तै एशान खानले ४६ बलमा अविजित रहँदै ३५ रन जोडे । शाहीद वासिफले ४९ बलमा ४५ रन बनाए । नेपालका लागि कप्तान सन्दीप लामिछानेले ४ तथा शेर मल्लले ३ विकेट लिए । गुल्शन झा र करण केसी महँगा सावित भए ।
यो खेलसँगै समूह चरण सकिएको छ । नेपाल ६ अंकसहित हङकङ भन्दा रन रेटमा अगाडि रहँदै शीर्ष स्थानमा रहेर सेमिफाइनलमा पुगेको छ । हङकङ पनि ६ अंकबाट उपविजेता बन्दै अन्तिम चारमा पुगेको छ ।
अर्को समूहबाट यूएई सबै खेल जितेर समूह विजेता बन्दै अन्तिम चारमा पुगेको छ । त्यस्तै दुई जितसहित ओमान उपविजेता बन्दै अन्तिम चारमा पुगेको छ ।
सेमिफाइनलमा नेपालले ओमानसँग तथा यूएईले हङकङसँग खेल्नेछ । दुवै सेमिफाइनल खेल बिहीबार हुनेछन् ।