सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
बाँके। बाँकेको कोहलपुर क्षेत्रबाट लागूऔषध नियन्त्रण ब्यूरो कार्यालय नेपालगन्ज र कोहलपुर प्रहरीको टोलीले ५ जनालाई ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार कोहलपुर नगरपालिका-९ भवानीपुरबाट ८७० मिलिग्राम ब्राउनसुगरसहित सोही ठाउँ बस्ने प्रेम बहादुर गुरूङसहित ३ जनालाई पक्राउ गरेको छ ।
यसैगरी कोहलपुर नगरपालिका-१४ पार्बतीपुरबाट १ सय ७० मिलिग्राम ब्राउनसुगरसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कोहलपुर नगरपालिका-१४ बस्ने २७ वर्षीय दयाराम हरिजन र ३० वर्षीय भरत दरै रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
शनिबार राति ब्राउन सुगरसहित पक्राउ परेका पाँचै जनाविरुद्ध लागूऔषध कसुरमा इलाका प्रहरी कार्यालय कोहलपुर थप अनुसन्धान अगाडि बढाएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।