आज बिदाका दिन पनि बाँके प्रशासनबाट राष्ट्रिय परिचयपत्र सेवा

आइतबार, भदौ २१, २०८३

नेपालगञ्ज । आज सार्वजनिक बिदाका दिन पनि जिल्ला प्रशासन कार्यालय बाँकेले राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा सञ्चालन गरेको छ।

राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराउन आउने सेवाग्राहीको संख्या पछिल्ला दिनमा उल्लेख्य रूपमा बढेपछि सेवाग्राहीको सहजताका लागि आज बिदाको दिनसमेत सेवा सञ्चालन गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ।

कार्यालयका अनुसार आज बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा सुचारु रहनेछ।

जिल्ला प्रशासन कार्यालय बाँकेले राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गराउन आउने सम्बन्धित सेवाग्राहीलाई उक्त समयमा कार्यालयमा उपस्थित भई सेवा लिन अनुरोध गरेको छ।

प्रकाशित मिति: आइतबार, भदौ २१, २०८३  ०९:५०
प्रतिक्रिया दिनुहोस्