सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
बाँके। नेपालगन्ज उपमहानगरपालिका क्षेत्रबाट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार जिल्ला प्रहरी कार्यालय बाँके र लागू औषध नियन्त्रण ब्यूरोबाट खटिएको संयुक्त टोलीले नेपालगन्ज उपमहानगरपालिका-२० गायत्री टोलबाट १ ग्राम ४७० मिमिग्राग खैरो हेरोइनसहित सोही उपमहानगरपालिका-२० मनिकापुर बस्ने ३० वर्षीय अकतर अली दर्जीलाई पक्राउ गरिएको हो।
थप अनुसन्धानको क्रममा अकतरको घर तलासी गर्दा २ लाख ५६ हजार ९ सय नेपाली रूपैयाँ र ५० हजार भारतीय रूपैयाँ फेला पारी बरामद गगरिएको बाँके प्रहरीले जनाएको छ।
प्रहरीले अर्को घटनामा सोही ठाउँबाट ४० मिलिग्राम खैरो हेरोइनसहित कोहलपुर नगरपालिका-१३ भरैया बस्ने २७ वर्षीय दिपक थारूलाई पनि पक्राउ गरेको छ। पक्राउ परेका दुबै जनासँग थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।