सुन तस्करी प्रकरणमा पक्राउ परेका चिनियाँ नागरिकसँग नेपाली नागरिकता

आइतबार, भदौ ३, २०८०
honor mob  winter sales

काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको ६० किलो ७१६ सुन बरामद प्रकरणमा पक्राउ परेका विदेशीमध्ये ३ जनासँग नेपाली नागरिकता समेत फेला परेको छ।

Honor x7 pad

नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार पक्राउ परेका ३ जनाले जिल्ला प्रशासन  काभ्रे र १  जनाले काठमाडौंबाट नेपाली नागरिकता लिएको पाइएको छ।

सुन प्रकरणमा पक्राउ परेका ठमेलस्थित होटल भियनाका सञ्चालक दावा छिरिङको साथमा     वि.सं. २०७४ मा जारी भएको ११८६५ नम्बरको नेपाली नागरिकता भेटिएको प्रहरीले जनाएको छ।

त्यस्तै चिनियाँ नागरिक डिङ सेग्फाले रामा लामाको नाममा २०२१ को डिसेम्बरमा नागरिकता लिएको भेटिएको छ भने ली नेङ्काईले सोनाम लामाको नाममा नागरिकता लिएको पाइएको प्रहरीले जानकारी दिएको छ।

पक्राउ परेका थप २ जनाको साथबाट भारतीय आधार कार्ड फेला परेको प्रहरीले बताएको छ। प्रहरीले सुन प्रकरणसहित नागरिकता कसुरमा समेत मुद्दा चलाउने जनाएको छ।

 

 

 

प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  १५:०६
प्रतिक्रिया दिनुहोस्