भोटेकोशी बाढीमा २७ प्रहरी अझै बेपत्ता, यी हुन् बेपत्ता प्रहरी (नामावलीसहित)

शनिबार, भदौ १३, २०८३

काठमाडौं । रसुवामा भोटेकोशी नदीमा आएको बाढीपछि २७ जना प्रहरी कर्मचारीको अवस्था अझै अज्ञात रहेको छ। नेपाल प्रहरीले बाढीमा बेपत्ता प्रहरी कर्मचारीको विवरण सार्वजनिक गर्दै उनीहरूको खोजी भइरहेको जनाएको छ।

बाढीमा परी बेपत्ता भएका प्रहरी चौकी बेत्रावतीका असई रामकाजी पौडेलको भने शव फेला परेको प्रहरीले जनाएको छ। शवको पहिचान भएपछि उनका आफन्तले बुझिसकेका छन्।

बेपत्ता रहेका २७ प्रहरी कर्मचारीको खोजी कार्य निरन्तर भइरहेको छ। उनीहरूबारे हालसम्म कुनै जानकारी प्राप्त हुन सकेको छैन। प्रहरीका अनुसार बेपत्ता हुनेमा जवानदेखि सई दर्जासम्मका कर्मचारी रहेको प्रहरीले जनाएको छ।

यी हुन् बेपत्ता प्रहरीहरु-

प्रकाशित मिति: शनिबार, भदौ १३, २०८३  ०९:१०
प्रतिक्रिया दिनुहोस्