एक सातामै २५ फरार प्रतिवादी बाँके प्रहरीको नियन्त्रणमा

शुक्रबार, साउन २२, २०८३

बाँके  । फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने अभियानअन्तर्गत बाँके  प्रहरीले विभिन्न मुद्दामा अदालतबाट फैसला भई फरार रहेका २५ जना प्रतिवादीलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार  साउन १६ गतेदेखि २२ गतेसम्म सञ्चालन गरिएको विशेष अभियानका क्रममा विभिन्न मुद्दाका २५ जना फरार प्रतिवादी पक्राउ परेका हुन्।

पक्राउ परेका प्रतिवादीलाई आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जनाएको छ। उक्त अवधिमा पक्राउ परेका प्रतिवादीबाट १ लाख ६२ हजार ८६८  रुपैयाँ जरिवाना असुल भएको बाँके प्रहरीले जानकारी दिएको छ।

प्रहरीले अदालतका फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यले फरार प्रतिवादी खोजी तथा पक्राउ अभियानलाई निरन्तरता दिने जनाएको छ।

प्रकाशित मिति: शुक्रबार, साउन २२, २०८३  १८:१४
प्रतिक्रिया दिनुहोस्