सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
बाँके । बाँके र बर्दियामा जबरजस्ती करणी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
बाँकेको राप्तीसोनारी गाउँपालिका–१ भम्पा निवासी ३८ वर्षीय रूपलाल खुना १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेको प्रहरीले जनाएको छ
पीडित किशोरीको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले बिहीबार साँझ उनलाई नियन्त्रणमा लिएको नेपाल प्रहरीले जनाएको छ।
यस्तै, बर्दियाको बारबर्दिया नगरपालिका–११ लम्कीफाटा निवासी ४५ वर्षीय कमलराज विक २९ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन्। पीडित युवतीको उजुरीपछि प्रहरी चौकी कतर्नियाघाटबाट खटिएको प्रहरी टोलीले बिहीबार दिउँसो उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
दुवै घटनाका सम्बन्धमा बाँके र बर्दिया प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ।