बाँकेको खजुरा क्षेत्रबाट ब्राउन सुगरसहित दुई युवक प्रहरीको नियन्त्रणमा

शनिबार, साउन १६, २०८३

काठमाडौं । बाँकेको  खजुरा गाउँपालिका–२ स्थित ए गाउँबाट ब्राउन सुगरसहित दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सोही स्थानका २५ वर्षीय प्रकाश थापा र २७ वर्षीय गौरव विक रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।

बिहीबार राति प्रहरी चौकी राधापुरबाट खटिएको प्रहरी टोलीले प्रकाश थापाको घरमा खानतलासी गर्ने क्रममा १ ग्राम २सय २० ब्राउन सुगर फेला पारेपछि दुवैलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

बाँके प्रहरी ल्का अनुसार इलाका प्रहरी धनौलीले घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: शनिबार, साउन १६, २०८३  ०८:५५
प्रतिक्रिया दिनुहोस्