इलाममा मेडिकल कलेज स्थापना गर्न प्रधानमन्त्रीले तत्काल पहल गर्ने

आइतबार, असार २४, २०८०
honor mob  winter sales

इलाम।  इलाम स्वास्थ्य विज्ञान प्रतिष्ठान (मेडिकल कलेज) इलाममा स्थापनाका लागि सरकारले तत्काल पहल गर्ने प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।

Honor x7 pad

प्रधानमन्त्री निवास बालुवाटारमा  नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललगायतको टोलीसँग भेटवार्ता गर्दै प्रचण्डले इलाममा मेडिकल कलेज स्थापनाका लागि आवश्यक पहल गर्ने बताएका हुन् ।

नेता खनालका सहयोगी कृष्ण भट्टराईले इलाम स्वास्थ्य विज्ञान प्रतिष्ठान खोल्ने विषयमा प्रधानमन्त्री प्रचण्ड सकारात्मक रहेको र तत्कालै आवश्यक प्रक्रिया अगाडि बढाउने वचन दिएका एकीकृत समाजवादीका सम्मानित नेता खनालका सहयोगी कृष्ण भट्टराईले जानकारी दिए ।

टोलीमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य धिरेन शर्मा, इलाम नगरपालिकाका प्रमुख केदार थापा, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति प्रा .डा. राजेन्द्रराज वाग्ले, माधव चम्लागाईं, अधिवक्ता समिप घिमिरे, शैक्षिक तथा विभिन्न पेशागत क्षेत्रमा कार्यरत मनिष गौतम, ललित ढुङ्गाना, कृष्ण भट्टराई, विमला सुब्बालगायतको सहभागिता थियो ।

प्रकाशित मिति: आइतबार, असार २४, २०८०  ११:५०
प्रतिक्रिया दिनुहोस्