सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले खुला प्रतिस्पर्धामार्फत गरिने प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदको भर्नामा थप ८ सिट समावेश गरेको छ।
यसअघि २०८२ मंसिर २६ गते प्रकाशित विज्ञापनमा उल्लेख गरिएको पदसंख्या संशोधन गर्दै अब कुल २९ जनालाई नियुक्तिका लागि छनोट गरिने प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार सर्वोच्च अदालतको परमादेश कार्यान्वयन गर्ने क्रममा आर्थिक वर्ष २०७९-८० मा समावेशी समूहअन्तर्गत छुट्न पुगेका पदहरूको क्षतिपूर्ति गर्न थप सिट कायम गरिएको हो।
सूचनामा समावेशी व्यवस्थासम्बन्धी प्रचलित कानुनी प्रावधानअनुसार पदहरूको समायोजन गरी भर्ना प्रक्रिया अगाडि बढाइने उल्लेख गरिएको छ।