सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
बाँके । बाँकेको नेपालगञ्जस्थित सीमा क्षेत्रबाट ठूलो परिमाणमा ब्राउन सुगरसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार इलाका प्रहरी कार्यालय जमुनाहा र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगञ्जबाट खटिएको संयुक्त प्रहरी टोलीले नेपालगञ्ज–१५ स्थित जमुनाहा नाकामा चेकजाँच गर्ने क्रममा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–८ निवासी सूर्यबहादुर रावतलाई पक्राउ गरेको हो।
उनको साथबाट शुद्ध तौल ११ ग्राम ८३० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ। साथै, प्रदेश २–००३ प ४३७५ नम्बरको स्कुटर र विभिन्न कम्पनीका दुई थान मोबाइल पनि बरामद गरिएको छ।
शनिबार पक्राउ परेका रावतविरुद्ध लागूऔषध सम्बन्धी कसुरमा बाँके जिल्ला अदालतबाट आज १० दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।