बाँके प्रहरीको कारबाहीमा १८ फरार प्रतिवादी पक्राउ

शनिबार, असार २७, २०८३

नेपालगञ्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका १८ जना प्रतिवादीलाई ९६ घण्टाको अवधिमा पक्राउ गरेको जनाएको छ।

प्रहरीका अनुसार फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने अभियानअन्तर्गत असार २३ गतेदेखि असार २६ गतेसम्मको ९६ घण्टासम्म सञ्चालन गरिएको विशेष अभियानमा उनीहरू पक्राउ परेका हुन्।

पक्राउ परेका प्रतिवादीबाट अदालतले तोकेको रु। ३३ हजार ६२८ जरिवाना असुल गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। पक्राउ परेका सबै प्रतिवादीलाई आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको बाँके  प्रहरीले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रतित सिंह राठौरले फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन फरार प्रतिवादी खोजी तथा पक्राउ अभियानलाई निरन्तरता दिइएको बताएका छन्।

प्रकाशित मिति: शनिबार, असार २७, २०८३  १४:२५
प्रतिक्रिया दिनुहोस्