केम्सन बाँकेको पहिलो साधारण सभाबाट पाण्डे सर्वसम्मत अध्यक्ष चयन

बिहीबार, साउन ३२, २०८०
Honor 600 pro

नेपालगन्ज । रसायन तथा मेडिकल आपूर्ति संघ नेपाल (केम्सन) बाँके शाखाको अध्यक्षमा कृष्ण प्रसाद पाण्डे चयन भएका छन् ।

केम्सन बाँकेको पहिलो साधारण सभाबाट पाण्डेलाई सर्वसम्मत अध्यक्ष चयन गरिएको हो। त्यस्तै संघको उपाध्यक्षमा रमेश रिमाल, विष्णुदेव बुढाथोकी सर्वसम्मत महासचिवमा चयन भएका छन्।

कोषाध्यक्षमा रन्जित सिंह र सदस्यमा रामवीर शाही र गंगा पहाडी (बराल) चयन भएका हुन् भने यसपछि पाण्डे नेतृत्व नेतृत्वको बाँके शाखाले एक जना सदस्य मनोनयन गर्नेछ।

आज बिहानदेखि सुरु भएको संघको प्रथम साधारण सभाको उद्घाटन केम्सन नेपालका केन्द्रीय अध्यक्ष भक्तबहादुर हमालले गरेका थिए। सभामा विभिन्न जिल्लाका शाखा अध्यक्ष लगायतको उपस्थिति रहेको थियो।

४२  साधारण सदस्य रहेको केम्सन बाँके शाखामा यसअघिको तदर्थ समितिको अध्यक्षमा पाण्डे रहेका थिए ।

प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८०  १६:३८
प्रतिक्रिया दिनुहोस्