सन्दीप लामिछाने बलात्कार मुद्दामा पीडितकी आमाको नागरिकता ल्याउन अदालतको आदेश

बिहीबार, साउन ३२, २०८०
honor mob  winter sales

काठमाडौं । काठमाडौं जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी रहेको नाबालिग बलात्कार मुद्दा प्रकरणमा पीडित किशोरीकी आमाको जन्ममिति उल्लेख भएको कागजात मगाउन आदेश दिएको छ।

Honor x7 pad

आज  जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजुकुमार खतिवडाले पीडित किशोरीकी आमाको नागरिकतासम्बनधी कागजात मगाउने आदेश दिएका हुन् । 

प्रतिवादी लामिछानेका वकिल सरोजकृष्ण घिमिरेले  अदालतले पीडित किशोरीको आमाको जन्ममिति खुल्ने कागजात मगाउने आदेश दिएको बताएका छन् । धेरैजसो कागजातमा पीडित किशोरी र आमाको उमेर थोरै अन्तरले फरक भएको देखिएको बताइएको छ। अदालतले  उक्त विषय स्पष्ट हुन पीडितकी आमाको नागरिकता मगेक्क हो । 

अब अदालतले पीडित किशोरीको आमाको नागरिकता आएपछि मात्रै उक्त मुद्दामा सुनुवाइ गर्ने बताएको छ। ।

 

प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८०  १४:३९
प्रतिक्रिया दिनुहोस्