सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगन्ज । बाँके प्रहरीले नकवजनी चोरी मुद्दामा ३ वर्ष कैद सजाय पाएर फरार रहेका एक प्रतिवादीलाई पक्राउ गर्न सफल भएको छ।
बाँके जिल्ला अदालतको मिति २०८१ जेठ १७ गरेको फैसलामा नकवजनी चोरी मुद्दामा दोषी ठहर भइ फरार रहेका नेपालगन्ज-१३ लालपुरुवाका २२ वर्षीय प्रदिप खटिकलाई आज बिहान पक्राउ गरिएको बाँके प्रहरीले जानकारी दिएको छ।
बाँके प्रहरीका अनुसार फरार खटिकलाई लुकिछिपी बसेको अवस्थामा नेपालगन्ज बजार क्षेत्रबाट वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख प्रहरी निरीक्षक शेखर खड्काको कमाण्डको टोलीले नियन्त्रणमा लिन सफल भएको हो।
नकवजनी चोरी मुद्दामा ३ वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना पाएका प्रतिवादी खटिकलाई आजै आवश्यक कारबाहीका लागि बाँके जिल्ला अदालत पेश गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।