घरबाट खाना खाएर बाहिर निस्केका सुन्दर मृत भेटिए

बिहीबार, साउन ३२, २०८०
honor mob  winter sales

झापा। झापाको मेचीनगरमा एक जनाको विभत्स हत्या भएको छ ।

Honor x7 pad

जिल्लाको मेचीनगर - ८ का ४३ वर्षीय सुन्दर किसानको हत्या भएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

बुधबार साँझ घरबाट खाना खाएर बाहिर निस्किएका किसान आज बिहान मृत अवस्थामा भेटिएको झापा प्रहरीले जानकारी दिएको छ। 

घटनाको अनुसन्धानमा सहयोग प्राप्त गर्नका लागि धरानबाट तालिम प्राप्त कुकुर ल्याएको जिल्ला प्रहरी झापाले जनाएको छ। 

घटनाका बारेमा थप अनुसन्धान भइरहेको झापा प्रहरीले  जानकारी दिएको छ।

 

प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८०  १२:४५
प्रतिक्रिया दिनुहोस्