केम्सन बाँकेको पहिलो साधारण सभा नेपालगन्जमा सुरु

बिहीबार, साउन ३२, २०८०
Honor 600 pro

नेपालगन्ज । रसायन तथा मेडिकल आपूर्ति संघ नेपाल  (केम्सन) बाँके शाखाको प्रथम साधारण सभा आज नेपालगन्जमा शुरु भएको छ।

केम्सन बाँकेको  तदर्थ समितिका अध्यक्ष कृष्ण प्रसाद पाण्डेको अध्यक्षता र संघका केन्द्रीय अध्यक्ष एवं उद्योग वाणिज्य महासंघ नेपालका केन्द्रीय सदस्यसमेत रहेका भक्तबहादुर हमालको प्रमुख आतिथ्यतामा प्रथम साधारण सभा शुरु भएको छ।

संघका अध्यक्ष हमालले आज पानसमा दियो बाल्दै पहिलो साधारण सभाको उद्घाटन गरेका हुन् ।

हाल केम्सन बाँकेको साधारण सदस्यको संख्या ३७ बढी  रहेका छन् । आजकै दिन साधारण सभाले नयाँ नेतृत्व चयन गर्ने भएको छ।

साधारण सभा नेपालगन्जको सिदार्थ कटेजमा भइरहेको छ।

प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८०  १२:०३
प्रतिक्रिया दिनुहोस्