सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
बाँके । बाँकेमा दर्ता भएको ठगी मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले कास्की जिल्लाबाट पक्राउ गरेर बाँके ल्याएको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बाँकेको बैजनाथ गाउँपालिका–२ की २६ वर्षीया शोभा थापामगरले २०८० साउन ४ गते जाहेरी दिएको ठगी मुद्दामा संलग्न भई फरार रहेका इन्द्रेणी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, नेपालगञ्जका अध्यक्ष ४० वर्षीय जितेन्द्र थापालाई पक्राउ गरिएको हो।
फरार रहेका नेपालगञ्ज उपमहानगरपालिका–४ का थापालाई जेठ २६ गते जिल्ला प्रहरी कार्यालय कास्कीको सहयोगमा कास्कीबाट पक्राउ गरेर बाँके ल्याइएको बाँके प्रहरीले जनाएको छ।
पक्राउ परेका थापालाई आवश्यक कानुनी कारबाहीका लागि बाँके जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ।