कोहलपुरबाट १ किलो अफिमसहित दुई जना पक्राउ

बुधबार, जेठ २७, २०८३
Honor 600 pro

कोहलपुर । बाँकेमा लागूऔषध कारोबारविरुद्धको कारबाहीमा प्रहरीले ठूलो परिमाणको अफिमसहित दुई जनालाई पक्राउ गरेको छ।

मंगलबार राति करिब १० बजे विशेष सूचनाका आधारमा   लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगन्ज  र इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको टोलीले कोहलपुर नगरपालिका–१ कौशिलानगरस्थित बरपिपल प्रतिक्षालयबाट वैजनाथ गाउँपालिका–३ नौवस्ताका २९ वर्षीय विशाल थापा मगरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।

बाँके प्रहरीका अनुसार विशालको शरीर खानतलासी गर्दा रातो रङको प्लास्टिकभित्र लुकाई राखेको अवस्थामा १ किलो २०० ग्रामअफिम बरामद गरेको हो । साथै उनको साथबाट एक थान मोबाइल पनि बरामद गरिएको छ।

प्रारम्भिक सोधपुछका क्रममा बरामद अफिम कारोबारमा कोहलपुर नगरपालिका–१ कौशिलानगरका ४८ वर्षीय गगन बहादुर परियारको समेत संलग्नता रहेको खुलेपछि टोलीले उनलाई पनि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। परियारको साथबाट समेत एक थान मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ।

बरामद अफिम, मोबाइल र पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय कोहलपुरको राखेर थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।

प्रहरीका अनुसार  ठूलो परिमाणमा अफिम बरामद हुनु बाँकेमा सक्रिय लागूऔषध सञ्जालविरुद्धको महत्वपूर्ण सफलता मानिएको छ। 

प्रकाशित मिति: बुधबार, जेठ २७, २०८३  ०९:४३
प्रतिक्रिया दिनुहोस्