बाँकेमा ब्राउन सुगरसहित खजुराकी युवती पक्राउ, १२ लाख बढीको अवैध सामान बरामद

सोमबार, जेठ २५, २०८३
Honor 600 pro

नेपालगञ्ज । बाँके प्रहरीले लागू औषध (ब्राउन सुगर) सहित एक युवतीलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार कोहलपुर नगरपालिका–९ पिपिरी क्षेत्रमा इलाका प्रहरी कार्यालय कोहलपुर र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगञ्जबाट खटिएको संयुक्त प्रहरी टोलीले खजुरा गाउँपालिका–६ निवासी २० वर्षीया अन्जली सुनारलाई पक्राउ गरेको हो।

प्रहरीले उनको साथबाट शुद्ध तौल गर्दा ३ ग्राम १४० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ बरामद गरेको जनाएको छ। पक्राउ परेकी सुनारविरुद्ध लागू औषध सम्बन्धी कसुरमा बाँके जिल्ला अदालतबाट ८ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसैबीच, प्रहरीले बाँके जिल्लाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी ल्याइएका विभिन्न सामान पनि बरामद गरेको छ। बरामद गरिएका सामानमा सुर्तीजन्य पदार्थ, फलफूल, खाद्यान्न, भाँडाकुँडा, माउन्टेन ड्यू पेय पदार्थ, औषधि, कस्मेटिक सामग्री तथा हार्डवेयरका सामान रहेका छन्।

बरामद सामानको अनुमानित मूल्य १२ लाख ५ हजार २६५ रुपैयाँ रहेको प्रहरीले जनाएको छ। उक्त सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय नेपालगञ्ज पठाइएको छ।

 

 

प्रकाशित मिति: सोमबार, जेठ २५, २०८३  २२:०१
प्रतिक्रिया दिनुहोस्