सामुदायिक वनको सेफ्टी ट्याङ्कीमा खसेर जंगली हात्तीको मृत्यु

बिहीबार, साउन ३२, २०८०
honor mob  winter sales

कञ्चनपुर । सेफ्टी ट्याङ्कीमा खसेर जंगली हात्तीको मृत्यु भएको छ। 

Honor x7 pad

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-७ स्थित वातावरण मध्यवर्ती साुमदायिक वन कार्यालयको परिसरमा रहेको शौचालयको सेफ्टी ट्याङ्कीमा खसेर गए राति एक जंगली हात्तीको मृत्यु भएको  शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले जानकारी दिएको छ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका अनुसार उक्त हात्ती    गए राति १२ बजेतिर सेफ्टी ट्याङ्कीमा खसेर मृत्यु भएको हो। अहिले प्राविधिकसहितको टोली गएर घटनास्थलमा मुचुल्का सङ्कलन गर्ने काम भइरहेको निकुञ्जले जनाएको छ।

सेफ्टी ट्याङ्कीमा  खसेर हात्तीको मृत्यु भएपनि  यसबारे थप अनुसन्धान भइरहेको निकुञ्जले जानकारी दिएको छ। मृत हात्तीको विधि प्रक्रिया पुर्‍याएर दाहसंस्कार गरिने बताइएको छ।

प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८०  ०९:५९
प्रतिक्रिया दिनुहोस्