कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी झण्डै तीन वर्षपछि प्रहरीको नियन्त्रणमा

सोमबार, जेठ २५, २०८३
Honor 600 pro

बाँके । कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक प्रतिवादीलाई बाँके प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार डुडुवा गाउँपालिका–३ निवासी श्वाली दयाल पासीले दिएको जाहेरीका आधारमा २०८० असार १८ गते इलाका प्रहरी कार्यालय धनौलीमा कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो। उक्त मुद्दामा संलग्न भई फरार रहेका खजुरा गाउँपालिका–५ निवासी ओम प्रकाश पासीलाई पक्राउ गरिएको हो।

इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरी टोलीले जेठ २२ गते खजुरा गाउँपालिका–५ स्थित आफ्नै निवास क्षेत्रबाट उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

पक्राउ परेका पासीविरुद्ध बाँके जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई धनौली प्रहरीले  अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको  छ।

प्रकाशित मिति: सोमबार, जेठ २५, २०८३  ०९:३७
प्रतिक्रिया दिनुहोस्