सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौं । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् ।
काठमाडौँको तारकेश्वर नगरपालिका–६ लोलाङ पैँयुटार क्षेत्रमा घरायसी विवादका क्रममा ४२ वर्षीय नेपाली ब्रो भनेर चिनिने कुमार थापाले आफ्नी ४२ वर्षीया श्रीमती ईश्वरी भुजेलमाथि फलामको रड प्रहार गरेका थिए। घटनापछि गम्भीर घाइते भएकी भुजेललाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
शुक्रबार राति भएको उक्त घटनापछि प्रहरीले थापालाई नियन्त्रणमा लिई प्रहरी वृत्त बालाजुमा राखेको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।