सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
दाङ । दाङको बंगलाचुली गाउँपालिका–३ तिखेचुलीस्थित तिखेचुली सिद्धमण्डली सामुदायिक वनबाट प्रहरीले ४ नाल अवैध भरुवा बन्दुकसहित बन्दुकमा प्रयोग हुने विभिन्न सामग्री बरामद गरेको छ।
प्रहरीका अनुसार जेठ २० गते प्रहरी चौकी रामपुर, दाङबाट प्रहरी सहायक निरीक्षक टेकबहादुर कुसारीको कमाण्डमा खटिएको प्रहरी टोली गस्तीमा रहेको क्रममा उक्त सामुदायिक वन क्षेत्रमा बेवारिसे अवस्थामा अवैध हतियार तथा सामग्री फेला परेको हो।
बरामद गरिएका सामानमा ४ नाल भरुवा बन्दुक (लोड अवस्थामा २ नाल र अनलोड अवस्थामा २ नाल), ११ वटा फलामका टुक्रा, १० वटा केप, ५२ वटा छर्रा तथा करिब ५० ग्राम बारुद रहेका छन्।
प्रहरीले बरामद सामग्री नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।