सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
बाँके । बाँकेको खजुरा गाउँपालिका क्षेत्रबाट प्रहरीले कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार कर्तव्य ज्यान मुद्दामा फरार रहेका बाँकेको खजुरा गाउँपालिकाका रिशिराम अहिरलाई इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
खजुरा गाउँपालिका–७ का कमली कुमारी यादव अहिरले २०८२ असार १३ गते दिएको कर्तव्य ज्यान मुद्दा सम्बन्धि जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय धनौलीमा ज्यान सम्बन्धी कसुरमा मुद्दा दर्ता भएको थियो। उक्त मुद्दामा संलग्न भई फरार रहेका अहिरलाई आज इलाका प्रहरी कार्यालय धनौलीको टोलीले लुकिछिपी बसेको अवस्थामा खजुरा गाउँपालिका–५ बाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
पक्राउ परेका अहिरलाई बाँके जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई धनौली प्रहरीले थप अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।