सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौं । ट्राफिक प्रहरी ' मिरर २०२६' को औपचारिक लोकार्पण गरिएको छ। नेपाल प्रहरी प्रमुख दानबहादुर कार्कीले एक कार्यक्रमबीच उक्त प्रकाशनको लोकार्पण गरेका हुन् ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथको आयोजनामा सम्पन्न “Integrated Traffic Management System सम्बन्धी एक दिवसीय कार्यशाला गोष्ठी २०८३” को अवसर पारेर ट्राफिक प्रहरी मिरर २०२६ सार्वजनिक गरिएको हो।
लोकार्पण कार्यक्रममा प्रहरी प्रमुख कार्कीले मिरर निर्माणमा योगदान पुर्याउने ट्राफिक प्रहरी कर्मचारी, विभिन्न संस्था तथा महानुभावहरूलाई प्रशंसापत्र प्रदान गर्दै सम्मान गरे।
कार्यक्रममा काठमाडौं उपत्यकाप्रहरी प्रमुक एआईजी ईश्वर कार्कीले धन्यवाद ज्ञापन गरेका थिए भने काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारीले ट्राफिक प्रहरी मिरर २०२६ प्रकाशनको औचित्य र उद्देश्यबारे प्रकाश पारेका थिए।
त्यसैगरी, राजेन्द्र प्रसाद त्रिपाठी तथा ट्राफिक विज्ञ सुनिल पौडेलले ट्राफिक व्यवस्थापन, प्रविधिको उपयोग र भविष्यका सम्भावनाबारे आफ्नो धारणा व्यक्त गरेका थिए।
कार्यक्रममा ट्राफिक प्रहरी मिरर २०२६ सम्बन्धी वृत्तचित्रसमेत प्रस्तुत गरिएको थियो। ट्राफिक प्रहरीका अनुसार विगतका अनुभव, संघर्ष र उपलब्धिहरूको बलियो जगमा आधारित उक्त प्रकाशनले आधुनिक, प्रविधिमैत्री तथा एकीकृत ट्राफिक व्यवस्थापन प्रणालीतर्फको स्पष्ट दृष्टिकोण प्रस्तुत गरिएको छ।