बाँकेमा अवैध उत्खनन र ढुवानीमा संलग्न जेसेबीसहित ३ सवारीसाधन प्रहरीको नियन्त्रणमा

आइतबार, जेठ १७, २०८३

बाँके। बाँके प्रहरीले अवैध रूपमा माटो तथा नदीजन्य पदार्थ उत्खनन एवं ढुवानीमा संलग्न तीन सवारी साधनलाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार कोहलपुर नगरपालिका–७ लखनहवा तथा बैजनाथ गाउँपालिका–२ जब्दहवा क्षेत्रमा अवैध रूपमा माटो तथा नदीजन्य पदार्थ उत्खनन एवं ढुवानीमा संलग्न तीन सवारी साधनलाई जेठ १६ गते इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको  टोलीले नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिइएका सवारीसाधनमा एउटा  जेसीबी, एकवटा टिप्पर र एउटा  ट्याक्टर रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

प्रहरीले नियन्त्रणमा लिइएका सवारी साधनलाई आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको जनाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेले प्राकृतिक स्रोत तथा साधनको अवैध दोहन रोक्न नियमित अनुगमन तथा निगरानीलाई निरन्तरता दिइएको जानकारी दिएको छ।

प्रकाशित मिति: आइतबार, जेठ १७, २०८३  १०:५८
प्रतिक्रिया दिनुहोस्