एसियन गेम्स छनौट: नेपालले चीनलाई २२१ रनले हरायो,लक्ष्य थियो ३१४ रनको

आइतबार, जेठ १७, २०८३
Honor 600 pro

काठमाडौं । एसियन गेम्स छनौट खेलमा नेपालले चीनलाई २२१ को विशाल रनअन्तरले पराजित  गरेको छ। नेपालले दिएको ३१४ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको चीनले  १९.२ ओभरमा सबै विकेट गुमाउँदै ९२  रन मात्र बनायो। 

सिङ्गापुरमा आज बिहान भएको खेलमा चीनका लागि  शेन-जियान झेङले  सर्वाधिक ३१ रन बनाए। नेपालका लागि सोमपाल कामीले २ , सन्दिप लामिछानेले २ र कुशल मल्लले ३ तथा नन्दन यादवले १  विकेट लिए।

पहिलो ब्याटिङ गरेको नेपालका लागि ओपनिङ ब्याटर कुशल भुर्तेलले एकै ओभरमा ६ छक्का प्रहार गर्दै ४३ बलमा १२९ रन बनाएर आउट भएका हुन।  उनले १६ छक्का र ५ चौका प्रहार गरेका थिए। त्यसैगरि कुशल मल्ल नटआउट रहदै ८५  रन बनाए भने रोहित पौडेलले ६९ रन बनाए। आशिफ शेखले ११ रन बनाएर आउट भएका थिए।

चीनका लागि मा कुइनचेन र डेंग जिंकीले १-१ विकेट लिएका थिए । 

 

प्रकाशित मिति: आइतबार, जेठ १७, २०८३  १०:३४
प्रतिक्रिया दिनुहोस्
स्थानीय तह