नेपालले बनायो चीनविरुद्ध ३१३ रन , कुशल भुर्तेलको १२९ रन

आइतबार, जेठ १७, २०८३
Honor 600 pro

काठमाडौं । एसियन गेम्स छनौटमा नेपालले कीर्तिमानी ब्याटिङ गर्दै विशाल स्कोर खडा गरेको। आज बिहान चीनविरुद्धको खेलमा नेपालले ३१३ रन बनाएको हो। 

नेपालले २० ओभरमा २ विकेट गुमाएर ३१३ रन बनाएर चीनलाई ३१४ रनको लक्ष्य दिएको हो। जसमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनिङ ब्याटर कुशल भुर्तेलले एकै ओभरमा ६ छक्का प्रहार गर्दै ऐतिहासिक कीर्तिमान कायम गरेका छन्। उनले ४३ बलमा १२९ रन बनाएर आउट भएका हुन।  उनले १६ छक्का र ५ चौका प्रहार गरेका थिए।

त्यसैगरि कुशल मल्ल नटआउट रहदै ८५  रन बनाए भने रोहित पौडेलले ६९ रन बनाए। आशिफ शेखले ११ रन बनाएर आउट भएका थिए।

चीनका लागि मा कुइनचेन र डेंग जिंकीले १-१ विकेट लिए । टस जितेर चीनले नेपाललाई ब्याटिङ गर्न दिएको थियो।  नेपालले यसको ओलम्पिकमा मंगोलिया विरुद्ध ३१४ रन बनाएको थियो।

प्रकाशित मिति: आइतबार, जेठ १७, २०८३  ०९:०९
प्रतिक्रिया दिनुहोस्
स्थानीय तह