सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनिङ ब्याटर कुशल भुर्तेलले एसियन गेम्स छनोटअन्तर्गत चीनविरुद्धको खेलमा एकै ओभरमा ६ छक्का प्रहार गर्दै ऐतिहासिक कीर्तिमान कायम गरेका छन्।
भुर्तेलले खेलको नवौं ओभरमा लगातार ६ छक्का प्रहार गर्दै यो दुर्लभ उपलब्धि हासिल गरेका हुन्। यससँगै उनी एकै ओभरमा ६ छक्का प्रहार गर्ने नेपालका दोस्रो खेलाडी तथा विश्व क्रिकेटका छैटौं खेलाडी बनेका छन्।
यसअघि विश्व क्रिकेटमा एकै ओभरमा ६ छक्का प्रहार गर्ने खेलाडीहरूमा हर्षल गिब्स, युवराज सिंह, जसकरन मलहोत्रा, कायरन पोलार्ड र नेपालका दीपेन्द्रसिंह ऐरी रहेका छन्।
नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले सन् २०२४ मा एसीसी प्रिमियर कपअन्तर्गत कतारविरुद्धको खेलमा २०औं ओभरमा लगातार ६ छक्का प्रहार गर्दै यो उपलब्धि हासिल गरेका थिए।
भुर्तेलको यो विस्फोटक ब्याटिङले नेपाली क्रिकेटको इतिहासमा अर्को स्वर्णिम अध्याय थपेको छ। साथै, अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका दुई खेलाडीले एकै ओभरमा ६ छक्का प्रहार गर्न सफल हुनु नेपाली क्रिकेटका लागि गौरवको विषय बनेको छ। यस खेलमा भुर्तेलले ४३ बलमा १२९ रन बनाएर आउट भएका हुन। उनले १६ छक्का र ५ चौका प्रहार गरेका थिए।