सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौँ । देशका विभिन्न स्थानबाट प्रहरीले लागुऔषधसहित ३५ जनालाई पक्राउ गरेको छ। प्रहरीले बर्दिया ,काठमाडौँ, भक्तपुर, झापा, सुनसरी, कञ्चनपुर, नुवाकोट र सिराहाबाट अवैध लागुऔषधसहित ३५ जनालाई पक्राउ गरेको हो ।
काठमाडौँको टोखा नगरपालिका ९ गोङ्गबुबाट ब्राउनसुगर जस्तो देखिने पदार्थसहित दुई, झापाको गौरीगङ्ज गाउँपालिका २ बाट दुई, मेचीनगर नगरपालिका–६ पुरानो मेचीपुलबाट एक, बिर्तामोड नगरपालिका ४ कन्चनजङघा टोलबाट दुई पक्राउ परेका नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
भक्तपुरको सूर्यविनायक नगरपालिका ५ कटुन्जे चोकबाट एक, मध्यपुरथिमि नगरपालिका ९ बोडेबाट एक, मध्यपुरथिमि ५ राधेराधे डेरा गरी बस्ने जुम्ला घर भएका एक जना पक्राउ परेका छन् ।
त्यस्तै बर्दियाको राजापुर नगरपालिका १० कोठियाघाट पुलबाट एक, सुनसरीको बराहक्षेत्र नगरपालिका ६ ठाकुरबारीबाट छ, इनरूवा नगरपालिका ४ बसचोकबाट तीन, बराहक्षेत्र नगरपालिका ७ सोमबारेबाट दुई, धरान उपमहानगरपालिका १३ आदर्श नगरबाट एक, इटहरी उपमहानगरपालिका १७ पकलीबाट पाँच, इटहरी उपमहानगरपालिका १७ बाट एक जना पक्राउ इलाका प्रहरी कार्यालयले जनाएको छ ।
कञ्चनपुरको पुनर्वास नगरपालिका ११ अमरबस्ती मसानघाटबाट तीन, नुवाकोटको विदुर नगरपालिका ९ बाघटारबाट दुई, सिराहाको गोलबजार नगरपालिका ६ गुम्बाटोलबाट एक जनालाई इलाका प्रहरी कार्यालयले जनाएको छ ।