सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३-८४ का लागि स्वास्थ्य क्षेत्रका लागि १ खर्ब १ अर्ब ९५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
आज संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले स्वास्थ्य क्षेत्रका लागि उक्त बजेट घोषणा गरेका हुन् ।
चालु आर्थिक वर्ष २०८२-८३ मा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका लागि ९५ अर्ब ८१ करोड रुपैयाँ बजेट छुट्याइएको थियो । आगामी वर्षका लागि भने स्वास्थ्य क्षेत्रमा अघिल्लो वर्षको तुलनामा बजेट वृद्धि गरिएको सरकारले जनाएको छ ।