सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले जेन-जी आन्दोलनको क्रममा फरार रहेका एक कैदीलाई पक्राउ गर्न सफल भएको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार २०८२ भदौ २४ गते नौबस्ता कारागारबाट फरार भएका वर्षीय कैदी लाई विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले बुधबार साँझ नेपालगञ्ज उपमहानगरपालिका–६ बाट पक्राउ गरेको हो।
पक्राउ पर्नेमा जाजरकोटको नलगाड नगरपालिका–३ निवासी कमल थापा रहेको प्रहरीले जानकारी दिएको छ। कैदी थापा विरुद्ध जबरजस्ती करणी मुद्दामा फैसला भई चार वर्ष कैद सजाय तथा तीन लाख रुपैयाँ जरिवाना तोकिएको थियो। उनी सजाय भुक्तानको क्रममा कारागारबाट फरार भएका थिए।
पक्राउपछि थापालाई आवश्यक कारबाहीका लागि नौबस्ता कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।