बैजनाथबाट ब्राउन सुगरसहित एक युवक पक्राउ

सोमबार, जेठ ४, २०८३
Honor 600 pro

बाँके। बाँकेको बैजनाथ गाउँपालिका क्षेत्रबाट प्रहरीले ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बैजनाथ गाउँपालिका(१ मानखोलाबाट ११० मिलिग्राम  ब्राउनसुगरसहित सोही स्थानका २४ वर्षीय समिर शाहीलाई चिसापानी प्रहरीले पक्राउ गरेको हो।

लागुऔषधको कारोबार भइरहेको सूचना पाएर इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको टोलीले शाहीलाई ब्राउन सुगरसहित पक्राउ गरेको हो।

बाँके प्रहरीले पक्राउ परेका शाहीलाई आज बाँके जिल्ला अदालतमा पेश गरेर थप अनुसन्धान अगाडि बढाएको जनाएको छ।

प्रकाशित मिति: सोमबार, जेठ ४, २०८३  १५:२८
प्रतिक्रिया दिनुहोस्