बुटवलको तिनाउ नदीमा डुबेको अवस्थामा एक युवक मृत भेटिए

आइतबार, असार २४, २०८०
honor mob  winter sales

बुटवल । बुटवलमा एक जना युवक नदीमा डुबेको  अवस्थामा मृत फेला परेका छन् ।  

Honor x7 pad

बुटवल उपमहानगरपालिका - ५ शान्ति टोल बस्ने २० वर्षीय सुमन विक आज  विहान तिनाउ नदीमा डुबेको अवस्थामा  मृत फेला परेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।

स्थानीयहरुले तिनाउ नदिमा मानिस शव देखेर प्रहरीलाई खबर गरेपछि विकको शवलाई नदीबाट निकालिएको थियो।

प्रहरीले विकको शवलाई  पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पठाएर घटना बारे अनुसन्धान गरेको जनाएको छ।

प्रकाशित मिति: आइतबार, असार २४, २०८०  १०:४०
प्रतिक्रिया दिनुहोस्