सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौं । प्रहरीले पेस्तोलसहित दुई युवकलाई नियन्त्रणमा लिएको छ। प्रहरीले उनीहरुको साथबाट एक थान पेस्तोल ,एक थान म्याग्जिन र ३ राउन्ड गोली गोली बरामद गरेको प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार काठमाडौंको शंखरापुर नगरपालिका–५ सालीनदी क्षेत्रस्थित खोला किनारबाट मकवानपुर बकैया गाउँपालिका–३ का ३५ वर्षीय जीवन जिम्बा (राम) र सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१ का ३४ वर्षीय वीरबहादुर तामाङ पक्राउ परेका हुन्। प्रारम्भिक अनुसन्धानमा उनीहरू लागुऔषध कारोबारमा संलग्न रहेको खुलेको प्रहरीले जनाएको छ।
उनीहरूलाई पक्राउ गर्ने क्रममा जीवनले प्रहरीमाथि गोली चलाएपछि प्रहरीले पनि जवाफी फायर गरेको थियो। सो क्रममा घाइते भएका जीवनको काठमाडौंको सुस्मा कोइराला मेमोरियल अस्पताल, सलम्बुटारमा उपचार भइरहेको छ।
घटनामा संलग्न अन्य दुई जना अझै फरार रहेको प्रहरीले जनाएको छ। उनीहरूको खोजी कार्य जारी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।