सर्जिकल तथा ल्याब सामाग्री सप्लायर्स बाँकेको साधारण सभा बिहीवार

मंगलबार, साउन ३०, २०८०
Honor 600 pro

नेपालगन्ज। सर्जिकल तथा ल्याब सम्बन्धि सामाग्रीहरुको कारोबार गर्नेको छाता संगठन (केम्सन) बाँके शाखाको प्रथम साधारण सभा हुँदैछ।

यही साउन ३२ गते सर्जिकल तथा ल्याब सामाग्री सप्लायर्सहरुको बाँकेको पहिलो साधारण सभा हुन लागेको सचिव -बिष्णु देव बुढाथोकीले जानकारी दिएका छन् ।

रसायन तथा मेडिकल आपूर्ति संघ (केम्सन) को तदर्थ समितिका अध्यक्ष  कृष्ण प्रसाद पाण्डेको अध्यक्षता र संघका केन्द्रीय अध्यक्ष एवं  उद्योग वाणिज्य महासंघ नेपालका केन्द्रीय सदस्यसमेत रहेका भक्तबहादुर हमालको प्रमुख आतिथ्यतामा प्रथम साधारण सभा हुन लागेको सचिव बुढाथोकीले बताए।

सचिव बुढाथोकीका अनुसार अहिले केम्सनमा साधारण सदस्यको संख्या ३७ रहेका छन् । सोही दिनको साधारण सभाले नयाँ नेतृत्व चयन गर्ने भएको छ।

साधारण सभा नेपालगन्जको सिदार्थ काटेजमा बिहान १० बजेदेखि सुरु हुने भएको बुढाथोकीले जानकारी दिएका छन् । ‎बाँकेस्थित केम्सन शाखाको २०७९ कार्तिक १९ गते पहिलो तदर्थ समिति गठन गरिएको थियो।

 

प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  २१:४६
प्रतिक्रिया दिनुहोस्