बाँकेमा अवैध रुपले माटो उत्खनन् गर्ने ३ जेसीबी र ४ टिप्पर प्रहरीको नियन्त्रणमा

बिहीबार, वैशाख १०, २०८३
Honor 600 pro

बाँके।  बाँके जिल्लामा अवैध रूपमा माटो उत्खनन् तथा ढुवानीमा संलग्न सवारी साधनहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार  बैशाख ८ र ९ गते बैजनाथ गाउँपालिका वडा नं. २ र ६ क्षेत्रबाट यस्तो गतिविधि भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले कारवाही अघि बढाएको हो।

प्रहरीले सोही क्रममा ३ वटा जेसीबी र ४ वटा टिप्पर नियन्त्रणमा लिएको थियो। ती सवारी साधनहरू अवैध रूपमा माटो उत्खनन् तथा ओसारपसारमा संलग्न रहेको पाइएको प्रहरीले जनाएको छ।

नियन्त्रणमा लिइएका सवारी साधनहरूलाई आवश्यक कारवाहीका लागि सम्बन्धित निकायमा बुझाइएको र सोही क्रममा रु। ४० हजार रुपैयाँ  जरिवाना गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले यस्ता अवैध गतिविधि नियन्त्रण गर्न निरन्तर अनुगमन र कारवाहीलाई तीव्रता दिइने समेत जानकारी दिएको छ।

प्रकाशित मिति: बिहीबार, वैशाख १०, २०८३  ०८:०९
प्रतिक्रिया दिनुहोस्