रोल्पाका दुई युवक दाङ प्रहरीको नियन्त्रणमा

शनिबार, वैशाख ५, २०८३
Honor 600 pro

दाङ। दाङको राप्ती गाउँपालिका क्षेत्रबाट प्रहरीले लागु औषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार राप्ती गाउँपालिका-१ बाट २ ग्राम ६४० मिलिग्राम ब्राउनसुगरसहित सोही गाउँपालिका-१ भालुबाङ बस्ने रोल्पा घर भएका २२ वर्षीय आकाश पुन र रोल्पा सुनिलस्मृती गाउँपालिका-१ घर २२ वर्षीय उमेश घर्तीमगरलाई दाङ प्रहरीले पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरीले आकाशलाई १ ग्राम १ सय ८० मिलिग्राम र उमेशलाई १ ग्राम ४ सय ६० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

दाङ प्रहरीले उनीहरुविरुद्ध दाङ जिल्ला अदालतबाट म्याद लिएर लागुऔषध कसुर थप अनुसन्धान अगाडि बढाएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रकाशित मिति: शनिबार, वैशाख ५, २०८३  ०९:२८
प्रतिक्रिया दिनुहोस्