सार्वजनिक बिदाका दिन पनि स्वास्थ्य सेवा नरोक्न मन्त्रालयको निर्देशन

शुक्रबार, चैत २७, २०८२

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक बिदाको समयमा पनि स्वास्थ्य सेवालाई निरन्तर र प्रभावकारी रूपमा सञ्चालन गर्न मातहतका निकायलाई निर्देशन दिएको छ। 

मन्त्रिपरिषद्को निर्णयअनुसार २०८२ चैत २२ देखि शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था लागू भएपछि मन्त्रालयले स्वास्थ्य सेवा अवरुद्ध हुन नदिन यस्तो व्यवस्था मिलाउन आग्रह गरेको हो।

मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले जारी गरेको प्रेस विज्ञप्तिमा अस्पतालहरूले आफ्नो कार्यभार (वर्कलोड) र उपलब्ध जनशक्तिको मूल्याङ्कन गरी आइतबार समेत ओपीडी सेवा सञ्चालन गर्न सक्ने उल्लेख गरिएको छ। 

बिदाको दिन काम गर्ने कर्मचारीहरूको व्यवस्थापनका लागि हप्तामा शनिबारबाहेक अर्को एक दिन बिदा दिने वा बिदा दिन नसकिएका खण्डमा सट्टा बिदा उपलब्ध गराउनुपर्ने व्यवस्था मन्त्रालयले गरेको छ।

यसैगरी, प्रादेशिक अस्पतालहरूमा पनि सोही बमोजिमको व्यवस्था लागू गर्न सातै प्रदेशका स्वास्थ्य मन्त्रालयहरूलाई अनुरोध गरिएको छ। मन्त्रालयले अस्पतालको जनशक्ति र चाप हेरेर बिरामीको उपचारमा कुनै बाधा नपर्ने गरी कर्मचारी व्यवस्थापन मिलाउन विशेष जोड दिएको छ। यस निर्णयले सार्वजनिक बिदाका कारण बिरामीहरूले पाउने सास्ती कम हुने अपेक्षा गरिएको 

प्रकाशित मिति: शुक्रबार, चैत २७, २०८२  १२:५३
प्रतिक्रिया दिनुहोस्