भारत उड्न लागेको एयर इन्डियाको जहाजमा समस्या आएपछि रनवेबाट फर्काइयो

मंगलबार, साउन ३०, २०८०
honor mob  winter sales

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्नका लागि रनवेमा पुगिसकेको एयर इन्डियाको जहाजमा समस्या आएको छ।

Honor x7 pad

आज अपराह्न भारत उड्न लागेको एयर इन्डियाको उक्त जहाजको ब्रेकमा देखिएपछि समस्या देखिएपछि जहाजलाई रनवेबाट पार्किङस्थलमा ल्याइएको छ।

१७९ जना यात्रुहरु लिएर उड्न उड्नका लागि रनवेमा पुगिसकेको जहाजको ब्रेकमा समस्या आएकाले जहाजलाई पार्किङमा ल्याइएको त्रिभुवन विमानस्थलले जानकारी दिएको छ। 

पार्किङमा ल्याइएको उक्त एयर  इन्डियाको जहाजको  प्राविधिक जाँच सुरु गरेपछि मात्रै यात्रुहरुलाई सोही जहाजमा लैजाने वा अर्कै जहाजमा उडाउने बारेमा टुंगो लाग्ने विमानस्थलले जनाएको छ।

 

प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  १७:२७
प्रतिक्रिया दिनुहोस्